'ब्रेक फेल' की मुईयाँ कोरियामा
Sunday, 11 September 2011 Posted by कृष्णपक्ष थापा

काठमाण्डौ,

हाल देशभरका सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र 'ब्रेक फेल' की मुईयाँ अर्थात नायिका ऋचा घिमिरे आइतवार कोरिया प्रस्थान गरेकी छिन् । चितवन समाज कोरियाको आयोजनामा हुन लागेको साँस्कृतिक कार्यक्रममा सहभागी हुन उनी राति ११ बजेको बिमानबाट कोरिया प्रस्थान गरेकी हुन् ।

पहिलो पटक कोरिया जान लागेकी ब्रेक फेल मुईयाँ ऋचा दुई वटा गीतमा आफ्नो कला प्रस्तुत गर्ने भएकी छिन् । आगामी मंगलबार अर्थात सेप्टेम्बर १३ का दिन हुने सो कार्यक्रममा उनले आफ्नै होम प्रोडक्सनको चलचित्र 'ब्रेक फेल' को चर्चित गीत 'नाच मुईयाँ नाच...' मा आफ्नो नृत्य कला प्रस्तुत गर्दैछिन् । यसका साथै उनी चलचित्र सम्झनाको कहाँ होला कस्तो होला बोलको गीतमा पनि नाच्ने भएकी छिन् ।

चलचित्र ब्रेक फेलको 'नाच मुईयाँ नाच' बोलको गीतलाई सबैले रूचाएको र बिदेश बस्ने नेपालीहरूलाई अझ मन पर्ने हुनाले सो गीतमा नाच्न लागेको ऋचाको भनाई छ । एक दिने सो साँस्कृतिक कार्यक्रममा नायिका ऋचाको साथमा गायिका कोमल ओली, गायक निमा रूम्बा, मिलन लामा तथा हाँस्यकलाकार जितु नेपालले पनि आ-आफ्नो कला प्रस्तुत गर्ने भएका छन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates