एनआरएन कोरियाका अध्यक्षद्धारा आभार व्यक्त
Friday, 16 September 2011 Posted by कृष्णपक्ष थापा

देबेन्द्र सम्बाहाम्फे, कोरिया - एनआरएन दक्षिण कोरियाका अध्यक्ष के पी सिटौलाले तेश्रो नयाँ कार्यसमिति चयनमा सहयोग गरेका विभिन्न व्यक्ति र संस्थाहरुप्रति धन्यबाद तथा आभार ब्यक्त गरेका छन् । बिहिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै सिटौलाले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा प्रमुख अतिथि ,बिशेष अतिथि, राष्ट्रिय समन्वय परिषदहरु, नेपाली राजदुताबासका कर्मचारीहरु ,पुर्ब समितिका पदाधिकारीहरु ,निर्बाचन मण्डल ,संचारकर्मीहरु लगायत दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्थाहरुप्रति धन्यबाद तथा आभार ब्यक्त गरेका हुन् ।

सो बिज्ञप्तिमा सिटौलाले एनआरएनको घोषित उद्धेश्य अनुशार दक्षिण कोरियामा रहेका नेपाली समुदायको हकहितका लागि यथासक्दो भूमिका निर्बाह गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् । सिटौला तेश्रो कार्यकालका लागि अगस्त२८मा२३२ मत प्राप्त गरि एनआरएन दक्षिण कोरियाको अध्यक्षमा चुनिएका हुन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates