आज बाल दिवस देशभर बिभिन्न कार्यक्रम गरि मनाईदै
Wednesday, 14 September 2011 Posted by कृष्णपक्ष थापा

कूल तामाङ भदौ २९ धुलिखेल काभ्रे । आज भदौ २९ अर्थात राष्ट्रिय बाल दिवस देशभर बिभिन्न कार्यक्रम गरि मनाईदै छ, विक्रम संवत् २०२१ मा तत्कालीन रानी रत्नराज्यलक्ष्मीदेवी शाहले अनाथालयका रुपमा गठन गरेको नॆपाल बाल सङ्गठनका बालबालिकाको हक हित र अधिकारलाई संरक्षण गर्ने उद्देश्यले बाल दिवस हरेक वर्ष भदौ ४ गते मनाइने गरेकामा दोस्रो जनआन्दोलनपछि भदौ २९ गतेलाई बाल दिवसका रुपमा मनाउन थालिएको हो ।सो सङ्गठनका अध्यक्ष रीता वैद्यले बाल दिवस मनाउनका लागि पहिला सरकारले समारोह समिति गठन गरी रकम विनियोजन गर्ने गरेकाले कार्यक्रम भव्यरुपमा हुने गरे पनि अहिले दिवस सम्पन्न गर्न सरकारले सहयोग नगर्ने हँुदा सामान्य तरिकाले कार्यक्रम गरिने बताउनुभयो ।

उहाँले सो सङ्गठनले त्यहाँ आश्रित बालबालिकालाई अत्याधुनिक उाचस्तरीय शिक्षा प्रदान गर्न जोड गरेकाले विभिन्न प्रायोजक खोजेर राम्रा विद्यालयमा अध्ययन गराउन प्रबन्ध मिलाइएको बताउनुभयो ।सो सङ्गठनमा अहिले अनाथ बालबालिका बाबुआमा दुवैले जेलमा सजाय पाइरहेकाका केटाकेटी मानसिक अपाङ्ग भएका बालबालिका द्वन्द्वपीडितमा परेका बालबालिका गरी ६०१ बस्दै आएका छन् ।चित्रकला कविता विभिन्न खेलकुद लगायतका अन्य प्रतियोगितामा उत्कृष्ट भएका बालबालिकालाई पुरस्कृत गरी बाल दिवस मनाइने अध्यक्ष वैद्यले जानकारी दिनुभयो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates