वेदप्रकाश तिमिल्सैना,
अछाम , भाद्र २९ - अछाममा बाढीले बढाउदा १ बालिककाको ज्यान गएको छ । बुधबार राती जिल्लाको बुढाकोट २ सारंगे गाउँको सुइटेबगरमा बाढीका कारणले पहिरो जाँदा स्थानीय दीपबहादुर थापाको १३ बर्षीया छोरी भजनी थापाको ज्यान गएको हो ।
साथै सोही घटनामा परी ६५ बर्षीया मञ्जरी थापा र ९ बर्षीया सत्या कुमारी थापा घाइते भएका छन् । खहरे खोलामा बाढी आएपछि सुरक्षीत स्थान तर्फ जानेबेला घटनामा भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी शसीलसिंह राठौरले जानकारी दिएका छन ।
घाइतेलाई उपचारका लागि डोकामा बोकरे साफेबगर तर्फ ल्याइएको घाइते मध्य ६५ बर्षीया मञ्जरीको अवस्था चिन्न्ताजनक छ ।
डिएसपी राठौरका अनुसार घटनास्थलमा अछाम प्रहरीले इलाका प्रहरी कार्यालय अछामबाट खटाएको टोली पनि बुधबार रातिदेखिनै राहत र उद्धारमा जुटेको छ ।




