सांगितिक क्षेत्रको महाउत्सव टुवोर्ग ईमेज अवार्ड भब्यतापुर्वक सम्पन्न हुंदै
Saturday, 24 September 2011 Posted by कृष्णपक्ष थापा

काठमाडौँ, आश्विन ७ ,

यस बर्षको नेपाली सांगीतिक जगतको महाउत्सव इमेज अवार्डको १३ औं संस्करण आज भब्यतापुर्वक सम्पन्न भएको छ । नेपाली सेनाको आर्मी अफिसर्फ क्लवमा आयोजित ईमेज अवार्डको १३ औं संस्करण समारोहमा गीतकार कालीप्रसाद रिजाललाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरियो । रिजाललाई सूचना तथा संचारमन्त्री जेपी गुप्ता, ईमेज गु्रप अफ कम्पनिजका अध्यक्ष आर के मानन्धर, उपाध्यक्ष ईन्दिरा मानन्धर, उपाध्यक्ष मोहनचन्द्र सिंहले सम्मानीत गर्नुभयो । गीतकार रिजालले लाईफटाईम अचिभमेन्ट अवार्ड प्राप्त गरेपछि आफुमा अरु उत्साह थपिएको बताउंदै जीवनको अन्तिम क्षणसम्म गीत लेखिरहने बचनबद्धता ब्यक्त गर्नुभयो । यस अघि समारोहमा स्वागत मन्तब्य दिदै ईमेज गु्रप अफ कम्पनिजका अध्यक्ष आर के मानन्धरले नेपाली गीत संगीतको श्रीबृद्धि र श्रष्टाहरुको सम्मानका लागि ईमज अवार्ड आयोजना भएको बताउनु भयो ।

उहांले ईमेज अवार्ड बार्षिक सांगितिक महोत्सव हो भन्दै ईमेज च्यानल गीत संगितको उन्नतिका लागि कृयाशील रहरिहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । ईमेज अवार्डमा मनोनीत हुनुहुने सबैमा बधाई दिदै उहांले आगामी दिनहरुमा पनि गीत संगितको संरक्षण र विकासमा लागिरहने उद्घोष गर्नुभयो । कालजयी गीत संगित रचना गरी सांगितिक विकासमा योगदान गर्नुहुने कालीप्रसाल रिजाललाई लाईफ अचिभमेन्ट अवार्ड प्रदान गर्न पाउंदा गौरवान्वित भएको उहांले उल्लेख गर्नुभयो । बर्षभरी रेकर्ड भएका नेपाली सर्जकका हजारौं गीत, सयौं एल्बम तथा सयौं म्युजिक भिडियोहरु मध्येबाट २०६७ साल असार १ गतेदेखि २०६८ जेठ मसान्तभित्र सार्वजनिक भएका श्रृजनाहरु १३ औं इमेज अवार्डको मनोनयनमा परेका थिए । हरेक बर्ष झैं यस बर्ष पनि २० विधामा मनोनयनमा परेकाहरु निर्णायकमण्डलबाट प्राप्त प्राविधिक मत र एस.एम.एसबाट प्राप्त लोकप्रिय मतका आधारमा विजयी घोषित गरिएको हो । कार्यक्रममा सुरसुधाले सांगितिक प्रस्तुति गरेको थियो । यस बर्षको ईमेज अवार्डका प्रयोजकहरुमा टुवोर्ग र सह पा्रयोजकमा रेड बुल र ईन्भेनियो रहेका छन् । यस महाउत्सवको इमेज च्यानल टेलिभिजन, इमेज एफ.एम. ९७.९, र इमेज न्युज एफ एम १०३.६ तथा इमेज च्यानल डट कमबाट प्रत्यक्ष प्रसारण गरिएको छ ।
बर्षका सर्वोत्कृष्ट नयां कलाकारमा समिर प्रिय, सर्वोत्कृष्ट समूह गायनमा ईथोस ब्याण्ड, सर्वोत्कृष्ट चलचित्र गीतमा चलचित्र ब्याच नम्बर सिक्सटिनको संगी गीतमा सुगम पोखेल, सर्वोत्कृष्ट गीत मुद्रणमा तिमी अर्कै घरको मान्छेमा श्यामस्वेत रसाईली, सर्वोत्कृष्ट संगीत संयोजनमा पहाडको छुकछुके रेल बोलको गीतमा महाराज थापाले अवार्ड प्राप्त गर्नु भएको छ । त्यसैगरी सर्वोत्कृष्ट गीत रचनामा मुट माग्यो तिमिलाई गजेन्द्र ताम्लिङ, सर्वोत्कृष्ट संगीत संयोजन न्युहु बज्राचार्य राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतमा बनाऔ संविधानका शान्तिराम राई, सर्वोत्कृष्ट लोक गीतमा ढाका टोपी शिरैमा गणेश न्यौपाने, सर्वोत्कृष्ट दोहोरी गीतमा एउटा आतमा छ पशुपति शर्मा र विष्णु माझीले अवार्ड प्राप्त गर्नुभएको छ । त्यसैगरी सर्वोत्कृष्ट एल्बमतर्फ बसन्त चौधरीको ओन्ली लभ, बर्षको उत्कृष्ट गीतमा साथीका एड्रियन प्रधान, उत्कृष्ट म्युजिक भिडियो सम्पादक मुग्लानका प्रविन श्रेष्ठ, सर्वोत्कृष्ट म्युजिक भिडियो क्यामराम्यान विनोद डंगोल, सवोत्कृष्ट म्युजिक भिडियो निर्देशकमा आंखामा बर्सौ मि म का प्रताप सिंहले अवार्ड प्राप्त गर्नुभएको छ । सर्वोत्कृष्ट म्युजिक भिडियो छायो बसन्तका बसन्त चौधरी, सर्वोत्कृष्ट पप गायिकामा श्रेया सोताङ, सर्वोत्कृष्ट पप गायन पुरुषतर्फ दिपेश किशोर भट्टराई, सर्वोत्कृष्ट गायनमा महिला निशा देशार, सर्वोत्कृष्ट गायन पूरुषमा रामकृष्ण ढकालले अवार्ड प्राप्त गर्नुभएको छ ।

यस बर्षको पब्लिक च्वाईस अवार्डका लागि ३ हजार ९ सय १५ एसएमएस मत प्राप्त गरी दिपेश किशोर भट्टराईले अवार्ड प्राप्त गर्नुभएको छ । इमेज च्यानल

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates