आफुले काम गर्न नसकेको कारण पार्टीभित्रको असहयोग
Saturday, 24 September 2011 Posted by कृष्णपक्ष थापा

७ असोज, काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टी भित्रैबाट असहयोग भएकाले आफूले केहि काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।कांग्रेसको न्हैकाप गाउँ कमिटीले शनिबार आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रमका क्रममा बोल्दै सभापति सुशील कोइरालाले पार्टीका सदस्यहरु माथि उक्त आरोप लगाउनु भएको हो । कसैको नाम उल्लेख नगरे पनि वरिष्ठ नेता देउवातर्फ लक्षित गर्दै काममा असहयोग भएको गुनासो गर्नुभएको हो । पार्टीको विधिविधानअनुसार गरिएको भातृ संस्था विघटनसम्बन्धी निर्णयमा पुर्नर्विचार हुन नसक्ने उहाँले दोहोर्‍याउनुभयो ।

‘निर्णय नगर्दा असक्षमताको आरोप लाग्छ, निर्णय गर्‍यो पार्टीभित्रैबाट असहयोग हुन्छ’, कोइरालाले भन्नुभयो , ‘ मैले केही बुझ्न सकेको छैन ।’ सोही कार्यक्रममा बोल्दै महामन्त्री प्रकाशमान सिंहले कसैलाई खुसी पार्न पार्टीहितका लागि भएको भातृसंस्था विघटनको निर्णय सच्याउन नसकिने स्पष्ट पर्नुभयो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates