युवकको शव आफ्नै गाउँमा हत्या गरी पुरिएको अवस्थामा फेला
Thursday, 15 September 2011 Posted by कृष्णपक्ष थापा

कूल तामाङ भदौ ३० धुलिखेल काभ्रे ।
गत शुक्रबारदेखि बेपत्ता भएका २१ वर्षका एक युवकको शव आफ्नै गाउँमा हत्या गरी पुरिएको अवस्थामा फेला परेको छ । भक्तपुरको छालिङ गाविस वडा नं १ का अन्दाजी २३ वर्षका विशाल भनिने विश्वराम थापाको शव आफ्नै गाउँमा खाल्डो खनेर पुरिएको अवस्थामा फेला परेपछि हत्या गरिएको रहस्य खुलेको हो । हिजो स्थानीय बालबालिकाले बल खेल्नेक्रममा कुकुरले खोस्रेर हात बाहिर झिकेको अवस्थामा देखेर खबर गरेपछि प्रहरीले खाल्डोबाट शव बाहिर निकालेको थियो ।उनी काठमाडौँ धूम्बाराहीमा इनार खन्ने काम गर्दै आएका थिए ।महानगरीय प्रहरी परिषर भक्तपुरको प्रहरी टोलीले हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाईएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates