पाकिस्तानमा मलामीमाथि लक्ष गरी बम विस्फोट, कम्तीमा पनि २६ को मृत्यु
भदौ ३० एजेन्सी ।
उत्तर पश्चिमी पाकिस्तानमा हिजो एक व्यक्तिले मलामीमाथि लक्ष गरी बम विस्फोट गराई कम्तीमा पनि २६ को हत्या गरेको छ ।उत्तरपश्चिमी पाकिस्तानको स्वात उपत्यकाको जन्डोल सहरमा भइरहेको एक अन्त्येष्टि समारोहमा सो व्यक्तिले आत्मघाती बम विस्फोट गराएर ती नागरिकको ज्यान लिएको हो ।सो बम आक्रमणबाट अन्य करिब ६३ जना मलामी पनि गम्भीर घाइते भएका बताइएको छ । प्रहरीले २६ जनाको ज्यान गएको जानकारी दिएको छ ।मलामीले अन्त्येष्टि समारोहमा प्रार्थनामा बसिरहेका बेला सोही समारोहमा मलामी बनेर गएको सो व्यक्तिले बम हमला गरेको थियो ।प्रहरीले बम विस्फोट गराउने सो व्यक्तिको पनि ज्यान गएको जनाएको छ ।
खुला मैदानमा भइरहेको सो समारोहमा बम विस्फोट गराइएको थियो ।तालबीनी हतियारधारीका विरोधीले सो बम विस्फोट गराएका बताइएको छ । तरपनि सो हत्याको जिम्मेबारी भने अहिलेसम्म कसैले पनि नलिएको प्रहरीले जनाएको छ ।एकजना स्थानीय प्रहरी अधिकारी सलिम खान मारवातले एकजना व्यक्तिले दौिडंदै आइ प्रार्थना गरिरहेका मलामीमाथि बम फालेको प्रत्यक्षदर्शीले देखॆको जानकारी दिए ।सो दृश्य देखेका एकजना स्थानीय औषधि पसलेले भने- बम विस्फोट भएपछि एक्कासी रक्ताम्य भएर भूंइमा लडिरहेका व्यक्तिहरु मात्र देखिए उनीहरु रोइ कराइ गरिरहेका थिए ।सो विस्फोटपछि रगतको खोलो नै बगेको र विस्फोटले मासुका चोइटा उछिट्टिएका दृश्य यत्रतत्र छरिएको निकै दर्दनाक अवस्था देखिएको पनि उनले जानकारी दिए ।प्रहरीले सो समारोहमा करिब १०० जना नागरिकको सहभागिता रहेको जनाएको छ । सो समारोहमा उपस्थित मध्येका सबैजसो नागरिक घाइते भएको जानकारी दिएको छ ।





