त्रिशुली जार पिउन योग्य नभएको पुष्टि
काठमाडौ, भाद्र २७ - काठमाडौंको मनमैजु स्थित त्रिसुली मिनिरल वाटर र वेभरेजमा खराव पानी फेला परेको छ । मंगलबार दिउसो वाणिज्य विभाग र जिल्ला प्रशासाको संयुक्त अनुगमन टोलीले उक्त कुरा पत्ता लगाएको हो । पिउन योग्य भनिएको उक्त जारमा उत्पादल मिति सेम्टेम्बर हुनुपर्नेमा जुलाई राखिएको छ । यस्तै यस कम्पनीको नापतौल विभागको प्रमाणपत्र, लेबल, ब्याच नम्बर समेत नभएको पाइएको छ । टोलीको अनुगमन पछि कम्पनी बन्द गरिएको छ ।




