आचार्यले मानबिय संवेदनालाई स्पर्श गर्ने
Tuesday, 13 September 2011 Posted by कृष्णपक्ष थापा

काठमाण्डौ, २०६८ भाद्र २७, मंगलवार

पहिलो पटक भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र 'आचार्य' को निर्देशन गरेका प्रशान्त रसाइलीले चलचित्र 'आचार्य' भित्रका धेरै दृष्यहरुले मानबिय संवेदनालाई स्पर्श गर्ने बताएका छन् । चलचित्र भित्र मानिसले जीवन जिउने क्रममा आफ्नो उद्धेश्य प्राप्तीका लागी कस्ता कस्ता संघर्षहरु गर्दछ भन्ने कुरा चलचित्रले उठान गरेको रसाइलिले बताए ।

चलचित्र आचार्य एउटा गायकको जीवनीमा आधारित चलचित्र भएका कारण धेरै दृष्यहरुले दर्शकको मन छुने उनको दाबि छ । भक्तराजले रेडियो नेपालबाट पाएको मेडललाई आफ्नो भोक मेटाउनको लागी बेचेको दृष्य र उनको जिब्रो काटि दिंदाको दृष्य सबैभन्दा बढी मर्मस्पर्शी भएको रसाइलिले बताए । उनले चलचित्र आचार्य भक्तराजको वास्तविक जीवन कहानी भएको बताउदै चलचित्रबाट भक्तराजलाई सहजै चिनिने बताए ।

धेरै भन्दा धेरै दृष्यहरुलाई वास्तविकता रुपमा प्रस्तुत गरेको उनले बताएका छन् । चलचित्रका प्रमुख कलाकार सत्यराज आचार्यको कामको प्रसंसा गर्दै रसाइलिले चलचित्रलाई वास्तविक स्वरुप दिन प्रमुख पात्र भक्तराजको भुमिका निभाउने सत्यराजको अभिनयको पनि ठुलो हात रहेको बताए । भक्तराज आचार्यसँग कुराकानी गरेर नै चलचित्रको स्कृप्ट लेखिएको बताउदै उनले यो चलचित्रमा वास्तविक प्रसंगलाई कलात्मक दृष्टिले प्रस्तुत गरेको दाबि गरे । फिल्मीखबर

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates