प्यारो देश - सुनिता रार्इ
Saturday, 24 September 2011 Posted by कृष्णपक्ष थापा


मेरो घर त्यहाँ छ , जहाँ हिमाल हाँसी रहेछन !
मेरो खेल्ने आँगन त्यहाँ छ , जहाँ डाँफे , मुनाल नाँची रहेछन !!

मेरो गाउँ त्यहाँ छ , जहाँ चौरी , भेडी डुली रहेछन !
मेरो बगैंचा त्यहाँ छ , जहाँ लाली-गुराँश फुली रहेछन !!

मेरो सपना त्यहाँ छ , जहाँ धानका बाला झुली रहेछन !
मेरो हाँशो त्यहाँ छ , जहाँ कोमल बुद्ध बोली रहेछन !!

म त् सधैं त्यतै हुन्छु , त्यहि मर्ने सपना बन्छु !
जहाँ गए ,भए नि म त् तिम्रै (देश) खालि मिठो आवाज सुन्छु !!

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates