कस्ले चोर्‍यो मेरो मन बंगालीमा
Tuesday, 27 September 2011 Posted by कृष्णपक्ष थापा

काठमाण्डौ, गत बर्षको सुपरहिट चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' लाई भारतिय नागरिकले पनि हेर्न पाउने भएका छन् । 'के निलो मन हमार' नाम राखेर बंगाली भाषामा तयार पारिको सो चलचित्रलाई देव क्रियशनले निर्माण गरि प्रदर्शन गर्न लागेको हो ।

रेखा फिल्समको व्यानरमा निर्माण भएको चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' मा अभिनय गरेका कलाकार रेखा थापा, आर्यन सिग्देल, निर शाह लगायतका कलाकार नै सो बंगाली भाषामा रिमेक गरिएको चलचित्रमा देखिने छन् । सिजी डिजिटल अवार्ड २०६८ मा सर्वाधिक धेरै बिधामा अवार्ड पाउन सफल सो चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।

गत बर्षको दशैंमा रिलिज गरिएको यस चलचित्रको बंगाली रिमेकलाई तिहार पछि रिलिज गर्न लागिएको छ । बंगाली भाषामा रिमेक गरेका निर्माता अमर देवले नेपाली चलचित्रको मार्केट बुझ्नका लागि परिक्षण स्वरूप यो चलचित्र रिलिज गर्न लागेको बताए । यस चलचित्र पछि सुरज सुब्बा निर्देशित चलचित्र 'सायद' रिलिज गरिंदै छ । 'सायद' भने हिन्दी र बंगाली गरि दुई भाषामा रिमेक गरिने भएको छ ।
फिल्मीखबर

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates