धनगढीमा बम : एउटा पडकियो, अर्को निस्क्रिय
Wednesday, 28 September 2011 Posted by कृष्णपक्ष थापा

दिलबहादुर छत्याल, धनगढी, असोज ११,

धनगढीको चटकपुरमा एकाबिहानै बम पड्‍किएको केही घण्टापछि नै अर्को बम फेला परेको छ। पहिलो बम विस्फोट भएको ठाउँबाट करिब २ सय मिटरको दूरीमा रहेको बीके आयल स्टोरमा अर्को बम फेला परेको हो। सेनाको डिस्पोजल टोलीले सो बमलाई निस्क्रिय बनाएको छ।

भीमबहादुर साउदको मिल अगाडि राखिएको ना ३ ख ९०९० नम्बरको ट्रकमुनि राखिएको प्रेसर कुकर बम आज बिहान पौन ५ बजे विस्फोट भएको छ। प्रहरी उपरीक्षक बसन्त पन्तका अनुसार ट्रकमुनि राखिएको ५ लिटरको प्रेसर कुकर बम विस्फोट भएको हो।विस्फोटबाट अर्को गाडीको शिशा फुट्ने बाहेक अरु केही क्षति भएको छैन। घटनाको तराई जनतान्त्रिक मधेश मुक्ति पार्टीले जिम्मेवारी लिएको छ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates