पर्वतका ५ अपाङ्गहरूका लागि इजरायलमा रहेका नेपाली समुदायबाट सहयोग रकम संकलन कार्यको थाल
Wednesday, 14 September 2011 Posted by कृष्णपक्ष थापा

हरि मानन्धर, इजरायल -

इजरायलमा रहेका नेपाली समुदायमार्फत पर्बत रानीपानी गा.बि स. मा रहेका एकैघरका ५ अपाङ्ग दिदीबहिनीहरुको सहयोग संकलनका लागि यहा रहेका नेपालीहरुले आफ्नो फेसबुक समुह (नेप्लिज इन इजरायल ) मार्फत ती अपाङ्गहरुको यु टुबमा भिडियो हेरेर प्रभावित भै सहयोग संकलन गर्ने प्रतिबद्दता जनाएका छन्। फेसबुक समुहमा जागेको यो शुभकार्यको सबै नेपाली समुदायले स्वागत र एक्बद्द्ता जाहेर गरेका छन्। उक्त सहयोग अभियानलाई जोडदार रुपमा अगाडी बढाउन र संकलित रकमलाई पारदर्शिताका साथ सम्बन्धित परिवारको संरक्षकत्वमा अक्षयकोस खडा गरि हस्तान्तरण गर्नेकुरा अपाङ्ग सहयोग संकलन अभियानका जागरुक युबाद्वय कुमार पौडेल र सुर्य बश्याल ले जानकारी दिनुभयो । तत्कालमा यो कामका लागि समुहमा रहने युवाहरुमा सुर्य बश्याल, गोपाल सिटौला, कृष्ण ज्ञवाली (एडभान्स मणि ट्रान्सफर), कुमार पौडेल, हरि मानन्धर, नेहा गुरुङ साथै यश घिमिरे लगायतका सहयोगी मनहरुको एउटा समुह पनि तयार भएको छ।

परदेशमा रहेर पनि देश भित्रका कुनाकाप्चाका दलित र यस्ता अपाङ्गहरुको सहयोगका लागि फेसबुक मार्फत जागरुकता देखाउनु सबैका लागि उदाहरणीय काम भएको बताउनुहुन्छ यो अभियानका युवा गोपाल सिटौला। राम्रोकाम गर्दा केहि चुनौती र समाजसेवामा अभिप्रेतित हुने अवसरको थालनी पनि हो, तर इजरायलमा धेरै संघ सस्था र कामदारकै समस्यालाई फलोअप गर्नेहरुले पनि यसकार्यमा अझै तदारुकता देखाएर यी उत्साही युवाहरुको माहान कार्यमा सहयोग र ती अपाङ्गहरुको राहतमा थप बल मद्दत पुर्याउनु सबैको सामुहिक सहकार्य हुन आउछ। सबै सहयोगी नेपाली मनहरुले यो हातेमालोमा साथ दिएर इजरायली नेपाली समुदायको एउटा उत्कृष्ट र सबैलाई प्रशंसनीय कार्यमा नमुना बन्न वहाँहरुले अपिल पनि गर्नु भएको छ। वहाँहरुको यो कार्य कति सम्म सफल र अनुकरणीय हुन्छ त्यो भने हेर्न बाकीनै छ। हामी सबै मिलेर यो अभियानमा जुट्नु आजको आबश्यकता हो।



बास्तवमै भन्ने हो भने एउटा फेसबुकको समूह नेप्लिज इन इजरायलमा कसैले हालेको उक्त भिडियो देखेर तिनीहरूलाई आत्मैदेखि सहयोग गर्नुपर्छ भनेर यसरी फेसबुकबाटै समूह गठन गरि रकम सँकलन गरि उक्त् अपाङ्गको हातसम्म पुर्याउन कम्मर कसेर लागेका यी युवाहरू फेसबुक सञ्जालमै उदाहरणीय मान्नुपर्छ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates