कांग्रेसले म्याद सकिएका भातृसंस्थाहरुका जिल्ला अधिवेशन नगराउन निर्देशन
Wednesday, 14 September 2011 Posted by कृष्णपक्ष थापा

कांग्रेसले म्याद सकिएका भातृसंस्थाहरुका जिल्ला अधिवेशन पार्टीको निर्देशनविना नगर्न बुधबार निर्देशन जारी गरेको छ। अधिवेशन गराउन भातृसंस्था विघटन गरी तयारी समिति गठन गर्ने महामन्त्री प्रकाशमान सिंहले केन्द्रीय समितिमा राखेको प्रस्तावमा तिव्र विवाद उव्जीरहेका बेला सभापति सुशील कोइरालाको निर्देशनमा मुख्य सचिव बसन्तकुमार गौतमले विज्ञप्तीमार्फत यस्तो निर्देशन जारी गरेका हुन। 'कांग्रेसका महामन्त्रीद्वारा केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिवेदन प्रस्तुत भई त्यसमाथि छलफलको क्रम जारी नै रहेको अवस्थामा म्याद सकिएका भातृ संस्थाहरुले पार्टीको निर्देशनविना जिल्ला अधिवेशनलगायत अन्य कुनै तहको अधिवेशनका काम कार्वाही नगर्न यसै प्रेस विज्ञप्ति मार्फत् जानकारी गराइन्छ' विज्ञप्तीमा भनिएको छ।

यसअघिको बैठकमा महामन्त्री सिंहले नेपाल तरुण दल, महिलासंघ, जनजाती आदिबासी संघ र प्रजातन्त्र सेनानी संघको अधिवेशनका लागि तयारी समिति गठन गर्ने प्रस्ताव राखेका थिए। त्यस प्रस्तावमा नेता शेरवहादुर देउवा पक्षको तिव्र विरोधका कारण पारित हुन सकेको छैन। निर्णयका लागि असोज ३ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates