किरण काफ्ले, मिलान -
मितेरी मञ्च मिलानको आयोजनामा इटालीको मिलान सहरमा हरितालिका तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
श्री गणेश रेस्टुरेन्टको हलमा आयोजित कार्यक्रममा मिलानबासी महिला दिदिबहिनिहरुको साथै भारेजे सहर, बोलोनिया लगायत लोम्बार्दियाबासी महिलाहरुको उपस्थिति थियो ।
श्री गणेश रेस्टुरेन्टमा बनेको स्वादिस्ठ परिकारका साथै दिदिबहिनिहरुले आ-आफ्नो घरमा बनाएका मिठाई तथा अचारको स्वादमा सबै रमाएका थिए ।
कार्यक्रममा नाचगानले झन् रौनकता लेराएको थियो । कार्यक्रम मितेरी मञ्च मिलानका अधक्ष्य श्री संगम कुमार रानाको सभापतित्वमा सम्पन्न भएको थियो साथै कार्यक्रममा NRNA, ITALY का महासचिब श्री शेर बहादुर राना, कोशादक्ष्य श्री मिला थोकार, भारेजे समाजका अधक्ष्य श्री संजय देव श्रेष्ठको उपस्थिति तथा सहयोग रहेको थियो ।






