फ्रिज पड्किएर युवकको मृत्यु
भदौ २८ बीरगन्ज । वीरगञ्जमा आज दिउँसो फ्रिज मर्मत गर्ने क्रममा फ्रिजमा रहेको ग्याँस पडिकएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको प्रसौनीविर्ता ४ निवासी २५ वर्षिय उज्वल श्रेष्ठ रहेका छन् । वीरगन्जको घडिअर्वा पोखरीनजीकै रहेको फ्रिज मर्मत पसलमा फ्रिजमा हुने नाइट्रोजन ग्याँसको सिलिण्डर पड्किएर श्रेष्ठको मृत्यु भएको हो ।
बारा प्रसौनी निवासी जितेन्द्र यादवको फ्रिज मर्मत पसलमा सिलिण्डरमा नाइट्रोजन ग्यास भर्ने क्रममा पड्किएको थियो ।




