प्रधानमन्त्री अमेरिका जानु अघिनै सरकारले पूर्णता पाउँछ: सिचाईमन्त्री
Wednesday, 14 September 2011 Posted by कृष्णपक्ष थापा

भदौ २८ काठमाडौ। सिचाई मन्त्री महेन्द्र यादवले प्रधानमन्त्री संयूक्त राष्ट्रको महासभामा भाग लिन अमेरिका जानु अघिनै सरकारले पूर्णता पाउने बताउनुभएको छ ।






राजधानीमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले शान्ति प्रक्रिया र संविधान निर्माणको काम भने प्रधानमन्त्री फर्केपछि दु्रतरुपमा अगाडि बढ्ने बताउनुभयो। उहाँले सरकार गठनका सन्दर्भमा भएको चार बुँदे सहमति कार्यान्वयकोलागी प्रधानमन्त्रीसँग आग्रह गरिरहेको जानकारी दिदै तीन महिनाभित्र सम्झौता कार्यान्वयन हुनु पर्ने धारणा राख्नुभयो ।






उहाँले माओवादी र मधेसी मोर्चा परिवर्तनकारी शक्ति भएकोले परिवर्तनलाई संस्थागत गर्न सहमतिका साथ अगाडि बढ्नुको विकल्प नरहेको दावी गर्नुभयो ।उहाँले नेपालको नाम उचो राख्न किर्तिमान कायम गर्ने थापालाई सरकारले उच्च सम्मान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफ्नो पार्टीले पनि सहयोग गर्ने बताउनुभयो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates