इजरायलमा लागत खर्च तोक्ने तयारी
Friday, 16 September 2011 Posted by कृष्णपक्ष थापा

वैदेशिक रोजगार व्यवसायीहरूले इजरायलमा कामदार पठाउने लागत खर्च अरू देशसरह हुनुपर्ने बताएका छन् ।

सरकारले कार्यविधि बनाएर मात्रै इजरायलमा कामदार पठाउने तयारी गरिरहेको बेला व्यवसायीहरूले अन्य मुलुकले लिने लागत खर्च तोक्न माग गरेको हो । दुई वर्षपछि नेपाली कामदारका लागि इजरायल खुला भएपछि सरकारले लागत खर्च तोक्ने सन्दर्भमा काम गरिरहेको छ । 'अरू देशले जति लागत लिन्छ, त्यति नै तोक्नुपर्छ,' फरेन इम्प्लोइमेन्ट एसोसिएसनका प्रथम उपाध्यक्ष मदन महतले भने, 'हामीले कामदारको भिसा इजरायली सरकारबाट नभई त्यहाँको एजेन्सीबाट ल्याउने गर्छौं ।'

प्रवासी कामदार उद्धार केन्द्रद्वारा आयोजित आप्रवासी सचुना कक्षको स्थापना कार्यक्रममा उनले लागत खर्चमा ध्यान नदिइए पुनः समस्यामा आउने बताए ।



इजरायलले कामदारको सीप नभएको र म्यानपावर कम्पनीले बढी लागत लिएको भन्दै नेपाली कामदार लैजना रोक लगाएको थियो । 'हामी पहिलेकै घटना नदोहोरियोस्् भन्ने चाहन्छौं,' श्रम मन्त्रालयका उपसचिव चण्डेश्वर आर्चायले भने, 'व्यवस्थित, सुरक्षितरूपमा कामदार पठाउन कार्यविधि बनाएर लागू गछौं ।'

वैदेशिक रोजगार विभागका निर्देशक काशीराज दाहालले इजरायल खुला भए पनि कामदार पठाउने कार्य नभएको भन्दै हाल म्यानपावर कम्पनीलाई रकम नबुझाउन आग्रह गरे । 'हालसम्म लागत तय भइसकेको छैन,' उनले भने, 'इजरायल जान इच्छुकले रकम नबुझाउनुहोला ।'

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates