एनआरएनए रुसको अध्यक्षमा अमात्य
Tuesday, 20 September 2011 Posted by कृष्णपक्ष थापा

मस्को, आश्विन ३ – गैरआवासीय नेपाली संघ रुसको नेतृत्व सहमति आधारमा चयन भएको छ। विभिन्न व्यक्तित्वले नेतृत्व गर्ने इच्छा व्यक्त गरे पनि अन्ततः सहमतिका आधारमा उत्सवकुमार अमात्य एनआरएन रुसको अध्यक्ष चयन हुनु भएको छ।

आइतबार भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रुसको छैठौ साधारणसभाले अमात्यको अध्यक्षतामा रङ्गनाथ पौडेल र विमला भण्डारी बस्याल उपाध्यक्ष, एकनारायण चापागाई महासचिव, गणेश रामदाम सचिव र भरतराज झालाई कोषाध्यक्ष चयन गरेको छ।

त्यसैगरी साधारणसभाले सर्वसम्मतिका आधारमा दिपेश दाहाल, एकनाथ दवाडी, रामप्रसाद पन्थी, तेजबहादुर शाह, योगेन्द्र पोखरेल प्रद्युम्न नेपाल र हेमन्थकुमार सिंहलाई सदस्य चयन गरेको छ। गैरआवासीय नेपाली संघ रुसकोतर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषदमा डा. बद्री केसी चयन हुनु भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष जीबा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा नेपाली दूतावास मस्कोका द्वितीय सचिव गहेन्द्र राजभण्डारी विशेष अतिथि रहनुभएको थियो।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates