अष्ट्रेलियामा नेपाली स्वामित्वको कलेज पुरस्कृत
Tuesday, 20 September 2011 Posted by कृष्णपक्ष थापा

अष्ट्रेलियामा नेपाली स्वामित्वको कलेज पुरस्कृत

सिड्नी, आश्विन ३ – अष्ट्रेलियाको सिड्नीमा नेपाली स्वामित्वमा संचालित प्यासिफक कलेज अफ टेक्नोलोजी यो वर्षको ‘लोकल बिजनेस अवार्ड’बाट पुरस्कृत भएको छ। सिड्नीको पश्चिमी भागमा रहेको उक्त कलेजले स्थानीय अवन काउन्सिलद्वारा प्रदान गर्ने उत्कृष्ट बिजनेस अवार्ड जितेको हो।

स्थानीय ब्यावसायिक समुदायमा निकै प्रतिष्ठाको रुपमा हेरिने यो अवार्ड अवन काउन्सिलका काउन्सिलर लि लाम ले सिड्नी ओलम्पिक पार्कमा आयोजित विशेष समारोहमा कलेजका प्रेन्सिपल प्रदिप ढकाललाई हस्तान्तरण गरेकी थिइन। अवार्ड प्राप्त गरेपछि छोटो प्रतिक्रिया दिदै ढकालले भने, “नेपाली सीप र ब्यवस्थापन अन्तराष्ट्रिय स्तरको भएको कुरा यो अवार्डले प्रमाणित गरेको छ।” बिद्यार्थी, कर्मचारीहरु र स्थानीय नेपाली समुदायलाई धन्यवाद दिँदै ढकालले आगामी दिनमा अझै उत्कृष्ट सेवादिने प्रतिवद्धता जनाएका थिए।

करिब आठ हजार भन्दा बढी साना ब्यवसाय संचालनमा रहेको अवन काउन्सिलमा स्थानीय ब्यवसायलाई प्रवर्द्धन गर्न तथा स्वच्छ प्रतिष्पर्धाका लागि यो अवार्ड संचालन गरिएको कउन्सिलले जनाएको छ। कलेजमा उपलब्ध सेवा तथा ग्रहकले गरेको मतदानको आधारमा काउन्सिलले प्यासिफिक कलेज अफ टेक्नोलाजीलाई उत्कृष्ट लोकल बिजनेस अवार्डबाट पुरस्कृत गरेको हो।

सन् २००२ मा स्थापित प्यासिफक कलेज अफ टेक्नोलोजीमा अहिले नेपाल, भारत, चीन, बंगालादेश, भियतनाम लगाएतका देशका गरी पाँच सय भन्दा बढी बिद्यार्थी अध्ययनरत छन्। कलेजमा बिजनेस, एकाउण्टिङ र आई टी बिषयमा पढाई हुन्छ।

ऋषि आचार्य

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates