अल्पमत र बहुमतले पार्टीमा अप्ठ्यारो अवस्था सिर्जना : केसी
Thursday, 22 September 2011 Posted by कृष्णपक्ष थापा

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीमा देखिएको अल्पमत र बहुमतको विवादले पार्टीमा अप्ठ्यारो अवस्था सिर्जना गरेको बताएका छन् ।

प्रजातन्त्रको मूल्य र मान्यतालाई विकास गर्नका लागि नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको बताउँदे उनले यस्तो कुरा उल्लेख गरेका हुन् ।

नेपाल संस्कृत विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी सङ्घ वाल्मिकी विद्यापीठले बिहीबार विजयादशमी तथा दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेस कमजोर भएमा मुलुकको प्रजातन्त्र कमजोर हुने भएकाले भ्रातृ सङ्गठनमा देखिएको समस्यालाई सम्बोधन गरी एकताबद्व भएर अघि बढनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा उनले ठूला पार्टीमा देखिएको गुट, फुट र विवादको राजनीतिका कारण मुलुकमा सङ्कट पैदा हुने खतरा भएको पनि बताए ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates