गजल-अनुराग कँडेल
Thursday, 22 September 2011 Posted by कृष्णपक्ष थापा


आऊनुहोस् स्वागत छ काम गर्न रोक छ
सबै भेट्ने रमाइलो बेरोजगारी चोक छ

पाउँनेले त पाईहाल्यो नपाउँनेको रमिता
कतै हाँसो कतै फेरी नरमाइलो शोक छ

सबै भन्दा प्राण प्यारो हाल्नै पर्ने चारो त
काम छैन दाम छैन तर पनि भोक छ

झट्ट हेर्दा सबै खुसी मनको ब्यथा अदृश्य
मुहारमा हाँसो सबको मनमा धेरै थोक छ

कराउछ साहू उता यता आफ्नो काम छैन
धेरै पैसा तिरी आईयो मानैभरि झोक छ

अनुराग कँडेल
हाल पोर्तुगल

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates