प्रेस विज्ञप्ति
Thursday, 29 September 2011 Posted by कृष्णपक्ष थापा

मितिः २०६८ असोज १२
पत्रकार मित्रहरु

पर्यटन वर्ष २०११ को सन्दर्भ पारेर रामेछाप जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको खाँडादेवीको विषयलाई समेट्दै ुगन्तव्य खाँडादेवीु बृत्तचित्र तयार पारिएको हो । हिमवत्खण्डहरुमा वर्णित खाँडादेवीका विषयमा स्थानीय तहबाटै केही गर्ने प्रयत्न स्वरुप यो बृत्तचित्र तयार भएको छ । बृत्तचित्रमा कमीकमजोरी पनि होलान् त्यसलाई औंल्याइदिएर अबका दिनमा अझ राम्रो बनाउनेतर्फ साचारकर्मी मित्रहरुको सुझाव सधैँ स्वागतयोग्य नै रहने छ । पर्यटन प्रवद्र्धनमा साचारकर्मीहरुको पनि महत्वपूर्ण भूमिका रहने भएकाले सहयोगको समेत अपेक्षा गर्दछौं ।

हिमाली नदीले िसंचेको गौरीशंकर हिमालको छाँयामा रहेको रामेछाप जिल्ला प्राकृतिक स्रोत साधन र सौन्दर्यले भरिएकी जग्गेकी बेहुलीजस्तै लाग्छ । सुनकोसीलाई काखी च्यापेर तामाकोसीलाई आपुनै कोखबाट बगाएको छ रामेछापले । सैलुङलाई सिरानी राखेर हिमाली चिसो हावासँग प्रत्येक दिन स्पर्श गर्ने रामेछाप जैविक विविधताको पनि खानी मानिन्छ । दूर्लभ जडिबुटीको अथाह भण्डार पाइन्छ यहाँ । त्यति मात्रै हैन धार्मिक हिसावले पनि रामेछापको आपुनै विशिष्ट स्थान छ । तिनै शक्तिदेवीको रुपमा रामेछापको खाँडादेवी गाउँ विकास समितिमा षाँडादेवीको प्रसिद्ध मन्दिर रहेको छ । शक्तिपीठको रुपमा सदियौंदेखि भक्तजनहरुले मान्दै आएकी षाँडादेवीमा चैते दसैं र वडा दसैंका बेला ठूलो मेला लाग्ने गरेको छ । दसैंका बेला ठूलो मात्रामा पाचवली दिइने षाँडादेवीमा वर्षैभरी भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् । रामेछाप सिन्धुली काभ्रे ओखलढुङ्गा दोलखालगायत तराईका जिल्ला र काठमाडौँबाट पनि भक्तजनहरु षाँडादेवीमा पुग्ने गरेका छन् ।

रामेछाप जिल्लाको पश्चिमी क्षेत्र खाँडादेवी गाउँ विकास समिति वडा नं। ७ मा खाँडादेवीको मन्दिर रहेको छ । प्रसिद्ध शक्तिपीठको रुपमा स्थानीय रुपमा पुजिने षाँडादेवीको उचित प्रचारप्रसारको अभावमा ओझलमा परेको देखिन्छ । धार्मिक हिसावले मात्र नभई पर्यटकीय दृष्टिले पनि खाँडादेवीको डाँडो मनै लोभ्याउने खालको रहेको छ । रातै लालीगुराँस पुूल्ने खाँडादेवीबाट दक्षिणतर्फ विशाल महाभारत पर्वत शृङ्खला नागबेली परेको नीलो सुनकोसी टार अनि दमारले कसको मन लोभ्याउँदैन र खाँडादेवीबाट उत्तरतर्फ दोरम्बा गाल्पाका पहाडी हरिया डाँडाले खाँडादेवीमा पुग्दाको थकाई बिसा्रउँछ । खाँडादेवी वरपरका घना पहाडी वस्तीहरुको भ्रमणले पनि खाँडादेवीको यात्रालाई सार्थक नै बनाउँछ । मझुवा राकाथुम गागल माकादुम भीरपानी पकरबास आँपचौरलगायत स्थानीय गाउँहरु पर्यटकका लागि भ्रमणको गन्तव्य बन्न सक्ने प्रसस्त सम्भावनाहरु छन् । खाँडादेवीको आसपासमै पवित्र धार्मिकस्थलहरु कुशेश्वर महादेव मुकुटेश्वरी सहस्रधारा सुनापति थानापति रहेका छन् ।
बनेपाबाट सिन्धुलीहुँदै बर्दिबास जोड्ने १५८ किलोमिटर लामो वीपी राजमार्गहुँदै खाँडादेवीको यात्रा तय गर्न सकिन्छ । काठमाडौँबाट करिव १०० किलोमिटरको यात्रापछि खाँडादेवीको गन्तव्यमा पुग्न सकिन्छ । धुलिखेलबाट भकुण्डेसम्मको नागबेली सडकहुँदै नेपालथोकसम्मको करिव ८० किलोमिटरको यात्रा पूरा गरेपछि प्रसिद्ध कुशेश्वर महादेवको दर्शन गर्न सकिन्छ । त्यसपछि खैरेनीको घाट तरेर कच्ची सडकको यात्राहुँदै पनि खाँडादेवी पुग्न सकिन्छ । खेरेनीबाट जाँदा राकाथुमको डाँडैडाँडा राताम्य गुराँसका बोट रमाइला गाउँ हेर्दैको यात्रा साँच्चै अविस्मरणीय नै हुन्छ । यात्रालाई अरु पनि बाटाहरु छन् तर फरक बाटोका फरक स्वाद खाँडादेवी यात्राको विशेषता नै हो । वीपी राजमार्गकै मूल्कोटको झोलुङ्गे पूल तरेर सित्खाहुँदै कच्ची बाटोबाट पनि खाँडादेवी पुग्न सकिन्छ । यहाँबाट जाँदा घना र रमणीय नेवार वस्ती भीरपानीको चिसो पानी चाख्दै महाभारत लेकको चिसो हावाले हम्कदै खाँडादेवी माईको दर्शन गर्दाको आनन्दने बेग्लै । आहा ! यात्राको दुःखहरु सबै बिस्रदै यात्रीले भन्ने छ खाँडादेवीको यात्रा नबिस्रने नै भइयो । त्यस्तै मूल्कोट गैरीपुछारको डप्खाघाटमा रहेको झोलुङ्गे पुल तरेर पनि खाँडादेवीको यात्रालाई पूरा गर्न सकिन्छ ।

डप्खामा रहेको घना माझी बस्तीको अवलोकन जनजीवन अध्ययन यो बाटोको अलग्गै विशेषता छ । डप्खाबाट गए पनि सित्खाबाट गए पनि चुल्ठेपानीको पानीचािहं पिउन नबिस्रनु होला । चुल्ठेपानीको चिसो पानी अँजुलीले पिएर चौतारीमा एकैछिन थकाईमार्दाको आनन्द आहा ! यो आनन्द त यात्रामा मात्रै अनुभूति गर्न सकिन्छ । षाँडादेवीसम्बन्धी स्थानीय भक्तजनमा धेरैखालका जनश्रुति र िकंवदन्तीहरु पाइन्छ । तर त्यस्ता जनश्रुति र िकंवदन्तीभन्दा पनि हिमवत्खण्डमा उल्लेख भएअनुसार रोशीखोला र सुनकोसीको संगमस्थलमा रहेको कुशेश्वरमा देवीले शुम्भ निशुम्भ नामका राक्षसलाई बध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवी मन्दिर रहेको स्थानमा खड्ग गाडेर कालीाचोकमा अन्तरध्यान भएकी हुन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates