यही अक्टोबर १ तारिख शनिबार साँझ ६ बजे इजरायलको तेल अभिभमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । निकट भविष्यमा नै संस्थाको नेतृत्व हस्तान्तरण गर्ने तयारी गर्दै गरेको सो संस्थाले यसको साधारण सदस्यता वितरण तथा पुरानो सदस्यता नविकरण गर्ने कार्यमा पनि सघाउ पुगोस भनेर सो कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।
विगत लामो समयदेखि संस्थाका अधिकांश पदाधिकारीहरु रिक्त भै निष्क्रियप्राय अवस्थामा रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले विभिन्न देशहरुमा हुदै गरेको एन आर एनको चुनावी चहलपहल संगै आफुहरुले पनि नया कार्यसमिति गठनका निमित्त आवश्यक प्रक्रिया शुरु गरेको जनाएको छ । त्यसका लागि संस्थाले नेपाली समुदायमाझ भर्खरै एक विज्ञप्ति प्रकाशित गरी यथाशिघ्र सदस्यता बनिदिनु हुन र इजरायलस्थित बिभिन्न निकायका प्रतिनिधि, संघ संस्था, बुद्धिजीवी र सम्पूर्ण गैर आवासीय नेपालीहरु समक्ष यो कार्यमा साथ् र सहयोग गरिदिन हार्दिक अनुरोध पनि गरेको छ ।
(सदस्यता लिन सहजताका लागि आजोरको पसल (नारायण म म) तथा एडभान्स मणि ट्रान्सफरबाट पनि फारम लिन सकिन्छ। )





