२० भदौ, ललितपुर । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य खेमाका नेताहरुले आज ललितपुरमा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको भेला गरेर साँचो प्रकरणलाई के गर्ने भनेर प्रशिक्षण दिएका छन् ।
ललितपुरको लगनखेलमा गोप्य भन्दै पत्रकारलाई समेत जान थाहै नदिई आज गरिएको भेलामा माओवादी स्थायी समिति सदस्य देब गुरुङ, नेवा राज्य ईन्चार्ज हितमान शाक्य र नेतृ पम्फा भुसालले प्रशिक्षण दिएको बैठक पछि नेवा राज्य सचिबालय सदस्य तथा ललितपुर जिल्ला कमिटि सहसचिब दिपेन्द्र श्रेष्ठले बताए ।
श्रेष्ठले प्रशिक्षणमा कन्टेनरको साँचो बिवादलाई सस्थापक पक्षका बहुमतीय कार्यक्रताले लत्याउने लगभग पक्का भएपछि असोज १ गते बाट बस्ने केन्द्रीय कमिटिको बैठकमा कसरी उपस्थित हुने र अध्यक्षलाई ‘तल पार्ने’ भनेर छलफल चलाइएको बताए ।
उनले ‘अहिलेको राजनीतिक घटनाक्रम र उपाध्यक्ष डा. बाबुरामा भट्टराईको सरकारलाई कुनै अफ्ठ्यारो नपार्ने सल्लाह भएको’ बताए ।
माओवादी लडाकुको र जनआन्दोलन ६२ ६३ का कारण भएको परिवर्तनलाई आत्मसात् गर्नुको साटो आत्मसमर्पणको शैलिमा साचो बुझाइएको बारेमा छलफल भएको र चलफल जारी रहने बताए ।
झण्डै चार घण्टा चलेको प्रशिक्षणमा केन्द्रीय सदस्य रेखा शर्मा, दिलिप प्रजापति, कुमार दाहाल लगाएतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको उनले बताए ।




