मुलुकमा कहिँ भ्रष्टाचार देखिए मेरो कार्यलयमा फोन गर्नुहोस : प्रधानमन्त्री
Tuesday, 6 September 2011 Posted by कृष्णपक्ष थापा

२० भदौ, काठमाडौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आङ्खनो नेतृत्वमा सरकार बनेपछि जनताले राहतको महसुस गर्दै आएकाले सरकारले अझ सबै वर्गलाई समेट्ने गरेर नया कार्यक्रम ल्याउन लागेको बताएका छन ।

सिन्धुली सदरमुकाम सिन्धुलीमागढीमा दश वर्षे जनयुद्धका क्रममा मारिएका विशाल–कुमार स्मृति सभामा बोल्दै प्रधानमन्त्री डा. भट्टराईले माओवादीको सरकार बनेपछि आमजनताले राहत महसुस गरेको बताएका हुन ।

सरकारको पहिलो प्रथामिकता शान्ति दाश्रो संविधान निर्माण तेश्रो जनतालाई राहत र चौथो भ्रष्टाचारको उन्मुलन भएकोले सरकार यसको लागि जस्तोसुकै मुल्य चुकाउन पनि तयार रहेको बताए ।




प्रधानमन्त्रीले मुलुकमा जारी भ्रष्टाचार नियन्त्रणकालागी आफ्नो कार्यलयमा राखिएको फोनमा उजुरी गरेर सहयोग गर्न सबैलाई आग्रह गरे ।

उनले माओवादीको जस्तै सबैदलले पहिलो प्राथमिकता शान्ति र संविधान निमाण कार्य बनाउन आग्रह गरे ।

कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले अबका तीन महिना अत्यन्तै चुनौतिपूर्ण भएकाले संयम भएर लाग्न सबै दललाई अनुरोध गरे ।

अध्यक्ष दाहालले तीन महिनासम्म अब कसैले कसैलाई गाली गलौज नगरि शान्ति प्रति प्रतिबद्धता जनाउन आग्रह गरे ।

अध्यक्ष दाहालले मुलुकको विकासको लागि माओवादीले अहिले हदैसम्मको लचकता प्रदर्शन गरेको दावी गर्दै यदि यसमा कसैले भाजो हाल्ने वा रोक्ने कोशिस गरेमा अन्तिम फैसला गरिदिने चेतावनि दिए ।

दाहालले शान्ति प्रक्रियाका विषयमा जिम्मेवार भएर प्रस्तुत भई कांग्रेस, एमाले लगायतका दलहरु एउटै डुङ्गामा सवार रहेकाले डुङ्गा पार लगाउने जिम्मा सबैको भएकोले यदि डुगा डुबे सबै डुब्छौ भन्ने चेतना सबै दलमा हुनुपर्ने बताए ।

दाहालले माओवादीले तत्कालिन समयमा गरेको तीन महिने युद्ध विरामले ज्ञानेन्द्रको सरकार पतन भएको स्परण गर्दै अबको तीन पहिने अभियानले पनि मुलुकमा रहेका शान्ति पवरोधी प्रतिगामी बडारिने चेतावनी दिए ।

उनले माओवादी चमत्कार गरेर देखाइदिने पार्टी भएकाले अहिलेको सरकार बन्ने अबसर पनि त्यसकै उपज भएको बताए ।

अध्यक्ष दाहालको आफ्नो पार्टीमा चल्ने बहस जनयुद्ध काल देखिकै भएकाले यसमा लग्ने हरु बहस र छलफलबाट नआत्तिने भएकाले माओवादी कहिल्यै नफुट्ने दावी गरे ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates