टोक्योमा साहित्यक सन्ध्या कार्यक्रम सम्पन्न
Tuesday, 20 September 2011 Posted by कृष्णपक्ष थापा

२ असोज, टोक्यो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानको आयेजनामा आइतवार टोक्योमा साहित्यक सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आइतवार टोक्योको हामामाचुच्यो सभा हलमा भएको थियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष दिनेशराज ज्ञवालीको सभापतित्व एवम् बरिष्ठ साहित्यकार डा दुबसु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तीनवटा पुस्तकको विमोचन गरिएको थियो । अनेसासस जापानका उपाध्यक्ष प्रकाश पौडेल माइलाको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन भने समाजका महासचिब पुस्करजंग थापाले गर्नु भएको थियो ।

बिशिस्ठ अतिथिकारुपमा कार्यक्रममा भाग लिन नेपालवाट वरिष्ठ साहित्कार ब्याकुल पाठक , बिमल भौकाजी र भरत भारद्वाजजापन आउनु भएको थियो । कार्यक्रमका बिशिस्ठ अतिथि नेपाली भाषाप्रेमी हारुहितो नोजु रहनु भएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि हारुहितो नोजुले कबि तथा साहित्यकार भरत भारद्वाजको कबिता संग्रह पुंसत्त्व र पर्खाल को लोकार्पण गर्नु भएको थियो । त्यस्तै एनआरएन जापानका पूर्व उपाभ्यक्ष भुषण घिमिरेले ब्याकुल पाठक द्वारा सम्पादित प्रख्यात नेपाली कथा भाग ४ को लोकार्पण गर्नु भएको थियो । प्रमुख अतिथि डा. दुबसु क्षेत्रीले जापान मै रहेर कलम चलाउनु भएका युवा कबि पिताम्बर चापागाईको मुक्तक संग्रह मान्छे भित्र मान्छेको लोकार्पण गर्नु भएको थियो ।

कार्यक्रममा नेपालबाट जापान आएका साहित्यकारहरुले आफ्ना आफ्ना कृतिहरु अनेसास जापानका अध्यक्ष दिनेशराज ज्ञवाली मार्फत अनेसास जापानलाई हस्तान्तरण गर्नु गरेका थिए । त्यस्तै गरि अनेसास जापानका केहि प्रकाशनहरु अध्यक्ष दिनेशराज ज्ञवाली र उपाध्यक्ष प्रकाश पौडेल माइलाले नेपालबाट आउनु भएका तिनै जना कबि तथा साहित्यकारहरुलाई प्रदान गर्नु भएको थियो ।

नेपालबाट आउनु भएका कबि तथा साहित्यकारहरु ब्याकुल पाठक, बिमल भौकाजी र भरत भारद्वाजलाई अनेसास जापानको तर्फबाट अध्यक्ष र उपाध्यक्ष व|mमस दिनेशराज ज्ञवाली र प्रकाश पौडेल माइलाले खादा ओढायर स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथि बरिष्ठ साहित्यकार डा दुबसु क्षेत्रीले नेपालीको पहिचान सबैभन्दा ठुलो कुरा हो, नेपाली मन र नेपाली पन भय नेपाललाइ ससारमा चिनाउन सकिन्छ ,अब मेची र काली भित्र मात्र सिमित छिन नेपाल …जहाँ जहाँ नेपाली पुगेका छन् त्यहाँ त्यहाँ सम्म नेपालको अस्तित्त्व ,पहिचान र नेपाली पन पुगेको छ भन्दै …हामीले आफ्नो पहिचान बचाउन पनि परेको छ र देखाउन पनि परेको छ भन्ने चर्चा गर्दै त्यो कुरा कबि साहित्यकार र सर्जकबाट धेरै हद सम्म सम्भव देखेको कुरा बताउनु भयो ।

विशिष्ठ अतिथि ब्याकुल पाठकले दुई साताको जापान बसाइको उत्तरार्धमा साहित्यिक कार्यक्रममा सरिक हुन पाउदा न्यास्रो मेटिएको वताउदै विदेशमा बसेर लेखिएका साहित्कारहरुका रचना कुनै बरिष्ठ साहित्यकारको भन्दा कम छैन भन्दै लेखनलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । उहाँले आफ्नो कबिता समेत बाचन गर्नु भएको थियो ।

त्यस्तै अर्का विशिष्ठ अतिथि बिमल भौकाजीले जापान जस्तो व्यस्तताको देशमा बसेर पनि नेपाली साहित्यप्रतिको माया देखेर आफु निकै हषिर्त र अझ उत्साह भएको वताउनु भएको थियो । कार्यक्रममा भरत भारद्वाजले आफ्ना रचना बाचनको अतिरिक्त आफ्ना केहि साहित्यिक अनुभब समेत सुनाउनु भएको थियो । अर्का अतिथि हारुहितो नोजुले आफु साहित्यकार नभई नेपाली भाषा प्रेमी मात्र भएको बताउदै बेला बेलामा साहित्यिक कार्यक्रममा नेपालीहरूको माझमा आउन पाउदा अत्यन्त्य खुशी लागेको बताउनु भयो ।

अतिथिको आशनबाट भुषण घिमिरेले बितेको ४ वर्ष देखि जापानमा नेपाली साहित्य निकै फस्टाएको बताउदै यसको श्रेय घुमाउरो पारामा जापानमा दुबसु क्षेत्रीको आगमनलाई इङ्कित गर्नु भएको थियो । विमोचित कृति मान्छे भित्र मान्छे का लेखक पिताम्बर चापागाईले बिमोचन पश्चात आफ्नो मन्तब्य राख्दै………..हामीमा चेतनाको कमि भयकोले त्यसैको खोजि स्वरूप मान्छे भित्र मान्छे मुक्तक संग्रहको जन्म भयको बताउदै आफ्ना मुक्तक, गजल र हाइकुहरु बाचन गर्नु भएको थियो । एनआरएन कान्तो छेत्रीय समितिका उपाध्यक्ष श्रवन सत्यालको प्रस्तुति निकै रोमान्चक रहेको थियो । विभिन्न राजनीतिक नेताहरूको क्यारिकेचर तथा पौराणिक ग्रन्थ बाचन शैलीमा उहाँको रचना सुन्दा सबैमा हासोको फोहरा छुटेको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न व्यत्तित्कहरुले आफ्ना रचनाहरु वाचन गरे सुनाएका थिए ।



रचनाहरु सुनाउनेहरुमा समाजका उपाध्यक्ष प्रकाश पौडेल माइलाले हाइकु र गजल , राजेन्द्र जमरकट्टेलले कविता, आलोक चालिसेले कबिता, सशी बिकले कबिता, सिपि सुबेदीले कबिता, गोविन्द पोखरेलले कबिता, सुनिल सुबेदीले कबिता, कृष्ण श्रेष्ठ काल्सले गजल, देवी इन्ग्नामले कबिता र हाइकु, अर्जुन अधिकारिले कबिता, पुस्करजंग थापाले कबिता र श्रवन सत्यालले क्यारिकेचर गरेर सुनाउनु भएको थियो ।



कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates