ब्रेक फेल माथि भ्रमको खेती
Friday, 2 September 2011 Posted by कृष्णपक्ष थापा

काठमाण्डौ, आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'ब्रेक फेल' कि प्रस्तुतकर्ता तथा नायिका ऋचा घिमिरेले एक मिडियाले आफ्नो चलचित्र माथि भ्रमको खेती गरिरहेको बताएकी छिन् । चलचित्र ब्रेक फेलले राम्रै ओपनिङ गर्दा पनि सो मिडियाले रिस प्रकट गर्दै चलचित्रले नराम्रो व्यापार गरेको समाचार प्रकाशित गरेपछि ऋचा निकै आक्रोशित बनेकी हुन् ।

ब्रेक फेलले काठमाण्डौ उपत्यकाबाट २५ हजार मात्र ग्रस बटुलेको समाचार मिडियामा आएपछि ऋचाले सो मिडिया बिरूद्व मुद्वा समेत हाल्ने बताईन् । ब्रेक फेलले काठमाण्डौ उपत्यकाबाट राम्रै ग्रस बटुलेको बताउँदै ऋचाले समाचारमा २५ हजार भनेर उल्लेख गरेकाले सो मिडिया बिरूद्व मुद्दा हाल्न लागेको ऋचाको भनाई छ ।

बिज्ञापन नपाएको भरमा बिगत केहि दिन देखि आफ्नो चलचित्रको बारेमा नकारात्मक टिप्पणी गरिरहेको बताउँदै ऋचाले त्यस्ता समाचारमा बिश्वास नगर्न समेत पाठकलाई आग्रह गरेकी छिन् । आफ्नो चलचित्र राम्रो बनेको बताउने ऋचाले जति दर्शकले हेरे सबैले मन पराएको दाबी समेत गरिन् । उनले भनिन्, 'उपत्यका बाहिरा बन्दले गर्दा चलचित्र सोचे जस्तो जान सकेको छैन तर काठमाण्डौमा भने सन्तोषजनम व्यापार छ । दर्शकहरू पनि राम्रो चलचित्र हेर्न पाएकोमा खुसी छन् ।'

यता चलचित्रका निर्देशक शंकर घिमिरेले पनि आफ्नो चलचित्रलाई दर्शकहरूले रूचाएको बताउँदै गोपीकृष्ण हलबाट मात्रै ५० हजार भन्दा बढि ग्रस बटुलेको बताए । काठमाण्डौका आधा दर्जन सिनेमा घरमा चलचित्र चलेको बताउँदै शंकरले उपत्यका बाहिरको बन्दले गर्दा भने चलचित्र धेरै स्टेशनमा चल्न नपाएको जानकारी गराए । भारतिय ठूलो व्यानरको चलचित्र सहित अन्य दुई नेपाली चलचित्रसँग आफ्नो चलचित्रको भिडन्त भएपनि कलेक्सन राम्रै भएको शंकरको भनाई छ । फिल्मीखबर

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates