लगातारको बर्षाले देशभरको जनजीवन प्रभावित, दुईको मृत्यु
Monday, 26 September 2011 Posted by कृष्णपक्ष थापा

९ असोज, काठमाडौं । लगातारको बर्षाका कारण देशभरको जनजिबन प्रभावित भएको छ । बर्षाका कारण घर भत्किएर नुवाकोट र काभ्रेमा गरी २ जनाको ज्यान गएको छ ।

बर्षाका कारण घर भत्किँदा नुवाकोटको नर्जामण्डप गाविस-७ पौवाथोकका डिल्लीप्रसाद रिजालको घर भत्किँदा उहाँकी श्रीमती ५५ वर्षीया सीताको मृत्यु भएको छ । घटनामा घाइते भएका डिल्लीप्रसाद र उहाँकी छोरी गोमाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।

यस्तै काभ्रेको ज्याम्दीमा भैरब मल्लको घर भत्किँदा उनकी २२ वर्षीया छोरी इरादाको मृत्यु भएको छ । पहिरो खस्दा धुलिखेलमा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

वर्षाका कारण तराईका जिल्लाहरु जलमग्न भएको छ । अविरल वर्षाका कारण जनकपुर नगरपालिका जलमग्न भएको छ । वर्षाले नगरका अधिकांश घरमा पानी पस्नुका साथै कार्यालयहरू डुबानमा परेका छन् भने नगरपालिका क्षेत्रमा विद्युत्सेवा पनि अवरुद्ध छ ।

यस्तै महोत्तरीको मदाहा खोलामा आएको बाढीका कारण्न अलपत्र परेका पाँच जनाको उद्धार गरिएको छ । वेलगाछी गाविसबाट भरतपुर बजार हिडेका उनीहरु खेलामा बाढी आएपछि अलपत्र परेका थिए । अबिरल बर्षापछि आएको पहिरोले दोलखाको कालिन्चोकमा २ वटा घर पुरेको छ । पहिरोले ढालबहादुर थामी र महाबीर थामीको घर पुरेको हो ।

मौसमविद् शिव नेपालका अनुसार काठमाडौंमा भोलिबाट वर्षा कम हुनेछ भने पूर्वी नेपालमा अझै केही दिन वर्षा हुनेछ । यस वर्ष मनसुन केही लम्बिएकाले असोजमा झरी परेको हो । नियतिम प्रक्रिया अनुसार जुन १३ बाट सुरु भएको मनसुन सेप्टम्बर २३ मा सकिनु पर्नेमा भएपनि मध्यक्षेत्रको आकासमा मनसुनी वायुको निम्न चापिय प्रभाव एक्कासी सक्रिय भएपछि देशभर नै वर्षा भएको विभागले जनाएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates