अनसन तोड्न पौडेलले गरेको आग्रह अस्वीकृत
Friday, 23 September 2011 Posted by कृष्णपक्ष थापा

७ असोज, काठमाडौँ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आमरण अनसन तोड्न गरेको आग्रहलाई देउवा पक्षीय कार्यकर्ताले अस्वीकार गरेका छन् ।

अनसनस्थल पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पौडेलले शनिबार बिहान अनसन तोडी सहमतिको वातावरण निर्माणमा आग्रह गर्नुभएको थियो । जवाफमा अनसनकारीले भातृ संस्था विघटनको निर्णय फिर्ता नलिएसम्म आफ्नो कदममा पुर्नर्विचार गर्न तयार नभएको बताएका थिए । ‘यो अलोकतान्त्रिक र अप्रातान्त्रिक निर्णय हो’, अनसनकारीले पौडेललाई भनेका थिए, ‘फिर्ता नभएसम्म अनसन जारी रहन्छ ।’ आफूहरुले पार्टीको आन्तरिक प्रजातन्त्र मजबुत बनाउन अनसन थालेकाले उद्येस्य पुरा नभएसम्म जारी राखिने जफाव पौडेललाई दिए ।



आफ्नो प्रस्ताव अस्वीकृत भएपछि पौडेलले विधानको अधिनमा रहेर केन्द्रीय समितिले गरेको निर्णय फिर्ता नुहुने बताउनुभएको थियो । आफ्नो पक्षको पकड रहेको भातृ संस्था विघटनको विरोधमा देउवापक्षीय कार्यकर्ता गत बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्दै आएका छन् । उनीहरुलाई भेट्न जाने उपसभापति पौडेल संस्थापन पक्षका पहिलो नेता हुनुहुन्छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates