गायिका कोमल ओलीले कोरिया बासी नेपालीको मन दुखाईन
Friday, 23 September 2011 Posted by कृष्णपक्ष थापा

रमेश भट्टराई,
द. कोरिया

चितवन सेवा समाजको निमन्त्रणामा द. कोरिया आएकी नेपालकी चर्चित गायिकाले द. कोरिया बासी नेपालीको मन दुखाएर फर्केकी छिन्।

कोरियामा मात्र नभएर ऊनको कला र गलाको सर्वत्र प्रशंसा रहेको छ। देशकै गहना र सम्पूर्ण नेपालीकोनै ढुक्ढुकी बन्न सफल भएकी कोमल ओलीले भने कोरिया आएर हँसाईन साथै नचाईन र कोरिया बासी नेपालीको मन पनि दुखाईन। आफ्नो ऊचाईलाई घटाऊनुका साथै समाजलाई वर्गिकरण गरेर आफ्नो लोकप्रियताको अवमुल्यन गरिन। स्थानिय पत्रकारसंगको अन्तर्वाताको क्रममा कोरियाबासी नेपालीहरु हलो जोत्ने स्तरका र ऊनीहरु वास्तवमानै हलो जोत्ने हलीको स्तरका रहेको भन्दै मेहनती पेरिश्रमी वर्ग भनेको तल्लो स्तरका हुन्छन भन्ने आसय झल्काईन। एउटा स्थापित कलाकारले विदेशमा बस्ने प्रवासी मजदुरहरुलाई यस्तो भन्नु उनको कस्तो नैतीक हो अचम्मको बिषय बनेको छ।

हलो जोत्ने स्तरका नेपाली भएपनि ऊनलाई मोटो रकममा नै नेपालीहरुले कोरिया डाकेकै हुन्। हड्डी घोटी कमाएको पैसाले ऊनको गलाबाट मनोरन्जन लिएता पनी ऊनको अभिब्यक्तिले आफूहरु अपमानित भएको महसुस उनीहरूले गरेका छन्। मिडियाकर्मी भएर समाजलाई आफ्नो बोलीले कस्तो प्रभाव पार्छ हेक्का नराखी बोल्ने प्रवृत्तिले ऊनको ख्यातिलाई नै घाटा पुराउने कतिपय बौद्दिक वर्गका ब्याक्तिहरुले भिडियो हेरेपछि प्रतिकृया दिएका छन् र आगामी दिनमा द.कोरियावासी नेपालीहरुले कोमल ओलीलाई कस्तो नजरले हेर्ने गम्भीर भएर सोचौँ त!

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates