उपकुलपति नियुक्तिको विरोधमा उत्रेका प्राध्यापकसँग प्रधानमन्त्रीले कुरा गर्दै
Thursday, 1 September 2011 Posted by कृष्णपक्ष थापा

१५ भदौ,काठमाण्डौ

उपकुलपति नियुक्तिको विरोधमा उत्रेका प्राध्यापकहरुसँग प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज छलफल गर्दै हुनुहुन्छ । एकलौटी ढङ्गले विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको विरोधमा आन्दोलनमा उत्रिएका माओवादी र काङ्ग्रेस निकट प्राध्यापक सङ्घसङ्गठनसँग प्रधानमन्त्री भट्टराईले दिउँसो २ िसंहदरबारमा छलफल गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

झलनाथ खनाल नेतृत्वको सरकारले गरेको उपकुलपति नियुक्ति प्रकि्रयाप्रति आपत्ति जनाउँदै माओवादी निकट नेपाल राष्ट्रिय प्रध्यापक सङ्गठन र काङ्ग्रेस निकट प्रध्यापक सङ्घ नेपालले गएको साउन २४ गते विश्वविद्यालयको प्रशासनिक कक्षमा तालाबन्दी गरेका थिए । यसअघि दुई पटकसम्म भएको वार्ता निस्कर्षविहीन भएको थियो । खनाल नेतृत्वको सरकारले साउन २३ गते सातवटा विश्व विद्यालयमा उपकुलपति नियुक्ति गरेको थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates