माओबादीलाई आतंकवादी सूचिबाट हटाउने अमेरिकाको संकेत
Thursday, 1 September 2011 Posted by कृष्णपक्ष थापा

प्रधानमन्त्री भट्टराईसँग मिलेर काम गर्न इच्छुक

अमेरिकाले नेपाली माओवादीलाई आतंकवादी सूचिबाट हटाउनुपर्ने संकेत व्यक्त गरेको छ ।अमेरिकी राजदूत स्कट् एच डेलिसीले मंगलबार नै प्रधानमन्त्री भट्टराईसँग भेट गरेका थिए ।मंगल बर भट्टराई संगको भेट पछी अमेरिकाले यस्तो धारणा सार्वजनिक गरेको हो ।


यस्तै अमेरिकाले नयाँ माओवादी-मधेसवादी गठबन्धनका प्रधानमन्त्री बाबुराम भट्टराईसँग मिलेर काम हुने आशा व्यक्त गरेको छ ।अमेरिकाले प्रधानमन्त्री भट्टराईसँग मिलेर काम गर्ने बताए पनि आतंकवादी सूचिबाट नहटाएसम्म माओवादीका कुनै पनि सदस्यले अमेरिका भ्रमण गर्न पाउँदैनन् ।

'जब हामीले चासो राख्दै आएका विषयमा उक्त पार्टीले सकारात्मक कदम चाल्छ, त्यसपछि हामी उसलाई आतंकवादी सूचिबाट हटाउन सक्छौं,' अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता भिक्टोरिया नुलान्दले भनिन् ।



माओवादीले लामो समयदेखि आफूलाई आतंकवादी सूचिबाट हटाउन माग गर्दै आएको छ । आतंकवादी सूचिबाट माओवादीलाई हटाउन सकिने उल्लेख गर्दै नुलान्दले भनिन्, 'हामी आशावादी छौं, हामी राम्रो सम्बन्धका साथ काम गर्न सक्षम हुने छौं ।'अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता नुलान्दले आतंकवादी सूचिमा रहेका धेरै सरकार र व्यक्तिसँग अहिले पनि राम्रो सम्बन्ध राखेर काम गरिरहेको उल्लेख गरिन् ।

माओवादीलाई सन् २००४ मा काठमाडौंस्थित अमेरिकी सेन्टरमा आक्रमण गरेको आरोप छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates