थाईल्याण्डको तनावमा सुमन
Wednesday, 28 September 2011 Posted by कृष्णपक्ष थापा

काठमाण्डौ, २०६८ आश्विन ११, बुधवार

निखिल उप्रेतीले आफ्नो अपकमिङ प्रोजेक्ट 'यो मन' बाट नेपाली चलचित्रमा कम्ब्याक गर्ने भएपछी निर्देशक सुमन दाहाल जति खुशी भएका थिए अहिले उनी त्यो भन्दा बढी दुःखी र चिन्तित तिनै निखिल उप्रेतीको कारण भएका छन् ।

फिल्मको लोकेशन हन्टका लागि गत असोज पाँच गते थाईल्याण्ड उडेका दाहाल तनावमा परेका छन् । निखिलले चलचित्रमा गर्नु पर्ने स्काई डाईभिङ दृश्यका लागि केहि कागजात नपुगेपछि उनी तनावमा परेका हुन् । जसकारण यहि दशैंको छेकोमा हुन लागेको चलचित्रको छायाकंन केही समय लम्बिने निश्चित भएको छ । थाईल्याण्डबाट कुरा गर्दै दाहालले भने, 'यहाँ सुटिङको अनुमति पेपर निकै गार्‍हो हुँदो रहेछ त्यसैले सुटिङ मिती अब पर सर्ने भयो ।'

पर्यटकिय देश थाईल्याण्डका मनमोहक दृश्य आफ्नो क्यामेरामा कैद गर्ने मनाशायले उनले थाईल्याण्ड रोजेका थिए । जहाँ निखिलको स्काई डाईभिङ सवै भन्दा महत्वाकांक्षी दृश्य उनका चलचित्रको लागि हो । त्यसैले पनि सवै पेपर मिलाएर मात्र आफू नेपालमा र्फकने उनले बताए । ढिलामा अबको एक साता सम्म उनी सुटिङ अनुमतिको पेपर हातमा लिएर नेपाल र्फकने छन् ।

यहि चलचित्रको स्काई डाईभिङ दृश्यका लागि निखिलले धेरै पैसा खर्च गरी थाईल्याण्डमै स्काई डाईभिङको कोर्स गरेका थिए । जहाँ नन्दिता केसीको केही बहादुरीलाई समेत प्रस्तुत गर्ने निर्देशक दाहालको योजना छ । तर नन्दिता भने सुटिङ ढिला शुरू भएमा बिदेशमा हुन लागेको कार्यक्रममा सहभागी हुन जाने छिन् । त्यसपछि झन् सुमनलाई थप समस्या आईपर्ने छ । आशा गरौं सुमनको यो प्रोजेक्ट छिटो भन्दा छिटो शुरू हुनेछ । फिल्मीखबर

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates