डडेल्धुरामा सुन खानीको खोज तलास गरिंदै
Wednesday, 14 September 2011 Posted by कृष्णपक्ष थापा

भदौ २८ डडेल्धुरा । नेपाल सरकार उद्योग मन्त्रालय खानी तथा भू–गर्भ बिभागले नेपालका सम्भावित क्षेत्रमा सुन खोज तलास कार्यको अनुमति पत्र लिएको छ । श्रीपुर तिन भरतपुर चितवनका ईश्वरि प्रशाद सापकोटालाई सुन खोज तलास कार्यको अनुमति पत्र दिईएको छ । नेपाल सरकार उद्योग मन्त्रालय खानि तथा भू–गर्भ विभाग लैनचोर काठ्माण्डौमा २०६८ असार १२ मा सुन खोज तलास कार्यको अनुमति पत्र पाउ भनि ईश्वरि प्रसादले निवेदन दिनु भएको थियो ।






सुन खोज तलास कार्य नेपालका विभिन्न सुन भएका सम्भावित क्षेत्रहरुमा गरिनेछ । सुन खोज तलासका लागि अहिले सुदुपश्चिमको डडेल्धुराको विकट क्षेत्रमा पर्ने बेलापुर गाबिसमा गरिने भएको छ । सुन खोज तलास कार्य गरिने नेपाल सरकार उद्योग मन्त्रालय खानी तथा भू–गर्भ विभाग लैनचोर काठ्माण्डौबाट बेलापुर गाबिसमा पत्र प्राप्त भएको बेलापुर गबिस नेकपा एमाले गाउ कमिटी सचिव पदम बिष्टले जानकारि दिनुभएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates