रोशनले खुसी पारे सुमिनालाई
Thursday, 1 September 2011 Posted by कृष्णपक्ष थापा

काठमाण्डौ, २०६८ भाद्र १६, शुक्रवार

तीज महिलाहरुको महान पर्व हो । यो दिनमा महिलाहरुलाई खुशि पार्नको लागी प्राय पुरुषहरु तल्लिन हुन्छन् । महिलाहरु पनि तीजको दिन खुसी नै देखिन्छन् । यस्तैमा नायिका सुमिना घिमिरे पनि तीजको अवसरमा निकै खुसी देखिईन् । उनको खुसी देखेर लाग्थ्यो कसैले सोचे भन्दा धेरै खुसी बनाएको छ । निकै खुसी देखिएकी सुमिना भन्दै थिईन्, 'मलाई निकै महत्वपूर्ण काम हात लागेको छ ।'

'आज म एकदमै खुसी छु र यो खुसी पहिलो पटक फिल्मीखबर समक्ष बाँड्दै छु', उत्साहित हुँदै आफ्नो खुसी बाँडेकी यि नायिकाले थपिन्, 'मलाई खुसी रोशन दाईले दिनुभएको हो ।' राजेश हमालको सहायक भएर लामो समय काम गरेका रोशन हमालले चलचित्र निर्देशन गर्दैछन् । रोशनले 'रङ' नामक चलचित्रका लागी नायिका सुमिना घिमिरेलाई तीजको दिन पारेर अनुबन्धित गरेका छन् ।

'हमाल दाईको ब्यानरमा काम गर्न पाउने भए म एकदमै खुसी छु । यो खुसी शब्दमा ब्यक्त गर्न सकीरहेकी छैन', सुमिनाको भनाई थियो । यसअघि प्रदर्शनका हिसाबले सुमिनाको पहिलो चलचित्र दुलहीमा राजेशको दुलही भएर देखा परेकी सुमिना फेरी चलचित्र रङ्गमा राजेशसँग नै देखिदै छिन् । हमाल ब्यानरमा काम गर्न पाएकोमा उत्साही सुमिनाले यो चलचित्रमा सक्दो मेहनत गर्ने बताईन् ।

चलचित्रको कथा बारे रोशनले खुलाउन नचाहे पनि मुख्य भुमिकामा महानायक र सुमिनाको जोडीलाई देख्न पाइने छ । चलचित्रका अन्य कलाकार, प्राबिधिक बारे बुझ्न खोज्दा हमालले एक दुइ दिनमा सबै बताउने जनाए । उनले यसै साता भित्रमा चलचित्रको छायाँकन थालिने जानकारी दिए । चलचित्रको छायाँकन पोखरा, काठमाडौ, नारायणगढ लगायतका स्थानमा गरिने भएको छ । फिल्मीखबर

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates