तालबन्द शिविरको चाबी बुझाइएन्
Thursday, 1 September 2011 Posted by कृष्णपक्ष थापा

दिलबहादुर छत्याल, धनगढी, भदौ १५- माओवादी लडाकुको सातौं डिभिजन तालबन्द शिविरमा रहेको कन्टेनरको चाबी बिशेष समितिको अनुगमन टोलीलाई बुझाइएको छैन। हतियार राखेको कन्टेनरको चाबी बिहीबार बुझाउने भनेर बिशेष समितिले निर्णय गरेपनि कैलालीको तालबन्द शिविरमा चाबी नबुझाइएको हो।

अधिकारिक रुपमा परिपत्र नआएको भन्दै लडाकुले शिविरमा रहेको बिशेष समितको अनुगमन टोलीलाई हतियार राखेको कन्टेनरको चाबी नबुझाएको बताइएको छ।तालबन्द शिविरका सहायक कमाण्डर तथा सचिव नेतवहादुर चौधरी सिंहराजले चाबी बुझाउने सम्बन्धमा माथिबाट औपचारिकरुपमा कुनै परिपत्र र जानकारी नआएको बताए।'अधिकारिकरुपमा हामीलाई कुनै जानकारी आएको छैन। जानकारी नआइकन कसरी चाबी बुझाउने', उनले भने।

स्रोतका अनुसार चाबी बुझाउने नबुझाउने माओवादीभित्रको अन्तरिक विवादका कारण बिशेष समितिको बैठकले निर्णय गर्दासमेत चाबी नबुझाइएको बुझिएको छ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates