३० प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा (पूर्ण विवरणसहित)SSP
८ असोज, काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले ३० जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा गर्नु भएको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरीमा रबिराज श्रेष्ठलाई ल्याइएको छ भने गोपालराज भण्डारीलाई प्रधान कार्यालय सुरक्षा महाशाखामा लगिएको छ । यस्तै महानगरीय प्रहरी अपराध महाशाखामा देबेन्द्र सुबेदीलाई ल्याइएको छ भने लब विष्टलाई अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्ड शाखामा लगिएको छ ।





