दुर्घटना हुँदा १९ जनाको मृत्यू, नामावलिसहित
Sunday, 25 September 2011 Posted by कृष्णपक्ष थापा

काठमाडौ ८ असोज ललितपुरमा आज भएको विमान दुर्घटनामा परि १९ जनाको मृत्युु भएको छ । माउण्टेन फ्लाइटका लागी उडेको बुद्ध एयरको बिच एयरकाफ्ट विमान विहान विसंखुनारायण गाविसको कोटडाडामा दुर्घटना हुदा त्यसमा सबार सबै १९ जना यात्रुको मृत्यु भएको हो । बुद्ध एयरको नाईन एन एके १९०० विमान खराब मौसमका कारण दुर्घटना भएको जनाईएको छ ।

बिमानमा रहेका १३ जना भारतीय, २ युरोपेली १ नेपाली र चालकदलका तीन सदस्य गरी १८ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुर्घटनामा परि गम्भीर घाइते भएका निराजन कर्माचार्यलाई जीवितै उद्धार गरी उपचारका लागी बी एण्ड बी अस्पताल पु¥याउदा मृत्यु भएको छ । बिमानको चालक दलका सदस्यहरु क्याप्टेन केबी ताम्राकार, को–पाइलट प्रभा अधिकारी र एयर होस्टेस अस्मिता श्रेष्ठको निधन भएको छ । विमान दुर्घटनामा परी मृत्यु हुने सबैको सनाखत भएको छ । मृत्यु हुनेमा जेबी तामा्रकार, अस्मिता श्रेष्ठ, पी अधिकारी, पंकज महेता, छायाँ महेता, ईन्द्रु वाडे, तोसिनोरी, नतालिय नेईलन, सारदा कर्माचार्य, निराजन कर्माचार्य, जगजन कर्माचार्य, नागराजा एस डि, नागराजा एस, नागराजा आई, नागराजा एल, तालोसुब्राम डि, तालोसुब्राम डि पि, तालोसुब्राम नागराजा र तालोसुब्राम पि रहेका छन् ।

सबै शबको पोष्टमार्टमका लागी शिक्षण अस्पताल ल्याईने तयारी भईरहेको छ । बुद्ध एयरको विमान दुर्घटना भएको यो पहिलोेपटक हो । बुद्ध एयरले आजका लागी पूर्वनिर्धारित सबै उडान रद्ध गरिएको सूचना जारी गरको छ ।


कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates