पर्वतमा प्रहरीको सक्रियता बढ्यो
Sunday, 23 October 2011 Posted by कृष्णपक्ष थापा

पर्वत, कार्तिक ७,

तिहारको अवसर पारेर पर्वत सदरमुकाम कुश्माबजारमा शान्त्ति र सुरक्षा कायम गर्ने उद्धेश्यले प्रहरीले सक्रियता बढाउन थालेको छ । विशेष गरेर तिहारकोे अवसरमा हुने जुवातास विकृती, पटका आतंक, र लागुपदार्थ सेवन जस्ता क्रियाकलापको नियन्त्रण गर्नको यस्तो अभियान थालेको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ ।

तिहारका बेला पटका बेचबिखन गर्ने, पटका पड्काएर आतकं फेैलाउने, जुवातास खेल्ने, खेलाउने, सार्वजनिक ठाउँमा होहल्ला गन, सडक अतिक्रमण गरी बसेकाहरुलाई सडक खाली गर्न अनुरोध गर्ने, क्षमता भन्दा बढि यात्रु तथा सामान राखेर चलाउने सबारी साधानहरुलाई कारबाही गरिने जनाइएको छ । जिल्लामा तिहारको मौका छोपी हुने अनैतिक र आतातयी क्रियाकलापको नियन्त्रणका लागी गस्ती पनी बढाइएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates