चालक निदाएपछि मध्यरातमा ट्याक्सी दुर्घटना
Monday, 24 October 2011 Posted by कृष्णपक्ष थापा

दमौली, कात्तिक ७,

ब्यास नगरपालिका-८ केराबारीमा आइतबार राति १२ बजे भएको ट्याक्सी दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा उपमहानगरपालिका-३ सिर्जनाचोक निवासी राम अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पोखराबाट दमौली आउँदै गरेको ग१ज १४९४ नम्बरको ट्याक्सी नालामा दुर्घटना हुँदा चालक अधिकारीको मृत्यु भएको हो। सोही दुर्घटनामा परी तनहुँ सतिस्वाँराका रफिक मिया सामान्य घाइते भएका छन्। उनको दमौलीस्थित मेडिकलमा उपचार भइरहेको बताइएको छ।

ट्याक्सीमा रहेका अन्य चारजनालाई भने केही भएको छैन। चालक निदाएका कारण सो ट्याक्सी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates