आज काग र कुकुर तिहार सँगै
- भाइटीकाको साइत शुक्रबार विहान ११: १५ बजे
काठमाडौं, कार्तिक ८,
हिन्दुहरुको महान पर्व तिहारको रमझम सुरु भएको छ । आज काग र कुकुर तिहार एकैदिन मनाइदैछ । यस पटक चतुर्दशी तिथि टुटेकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको बताइएको छ । आज विहान कागपुजा र मध्यान्ह कुकुर पुजा गर्नुपर्ने हुन्छ । यमपञ्चक काग तिहार सोमबार रातिदेखि नै सुरु भएको छ, तर रातमा कागमा पुजा हुँदैन, ज्यातिषहरुले बताएका छन् ।
कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्लपक्ष द्धितीयासम्म पाँच दिन दीपावलीका साथ यो पर्व मनाइन्छ । यसैबीच भाइटिकाको साइत ११:५५ बजे जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दीपावली अन्तर्गत शुक्रबार भाइटिका परेको छ ।





