हिन्दुधर्मावलम्वी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार घरघरमा लक्ष्मी पूजा गरेर तिहार मनाइँदै
Wednesday, 26 October 2011 Posted by कृष्णपक्ष थापा

काठमाडौँ, कात्तिक ९,

हिन्दुधर्मावलम्वी नेपालीहरुको दसैं पछिको अर्को ठूलो चाड तिहार आज तेस्रो दिन परम्पराअनुसार घरघरमा धनधान्यदेवी लक्ष्मीको पूजा गरिँदैछ । आज बिहान लक्ष्मीको प्रतिकका रुपमा कतिपयले गाईको पूजा गरेका छन् । पञ्चाङ्ग निर्णायक समितिले तिथिअनुसार भोलिमात्र गाईपूजा गर्दा राम्रो हुने बताए पनि गाईको पूजा नगरी लक्ष्मी पूजा शुभफल नमिल्ने भन्दै गाइको पूजा गरिएको हो । गाईको शरीरमा विभिन्न प्रकारका रङको प्रगोग गरी सिङ्गारेर गाईलाई मनपर्ने खानेकुरा खुलाउने चलन छ ।

आज तिहारको तेस्रो दिन साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठो र अरिबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर मइन बत्ति तथा केराको सुत्लोमा झिलिमिली बत्ती बालेर लक्ष्मीलाइ स्वागत गर्ने गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल र फूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गर्ने चलन छ ।

भनिन्छ आज लक्ष्मीको पूजाका दिन घरमा लक्ष्मीको बास भए साल आर्थिक संकट नपर्ने जनविश्वास रहिआएको छ । यस्तै लक्ष्मीको प्रसादले पैसा राख्ने कन्तुर, दराज र सेभमा स्वस्तीक चिन्ह लेख्ने पनि चलन छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेलेर रमाइलो गर्ने परम्परा छ । यस वर्षको तिहारको टीकाको शुभसाईत बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाली साचारहरू ले छापेका छन ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates