आज भाइटीका ,११ बजेर ५५ मिनेटको समय उत्तम
कूल तामाङ, कार्तिक ११ धुलिखेल काभ्रे ।
तिहारको अन्तिम दिन आज देशभर परम्पराअनुसार दिदीबहिनीले आफ्ना दाजुभाइको सुख समृद्धि एवम् दीर्घायुको कामना गर्दै भाइटीका लगाउँदैछन् ।भाइटीकाका लागि शुभसाइत बिहान ११ बजेर ५५ मिनेट रहेको नेपाल पाचाङ्ग समितिले जनाएको छ ।
तर मध्याह्न एवम् अपराह्नको समय पनि टीकाका लागि शुभ रहेको समितिले जनाएको छ ।भाइटीका अगाडि दिदीबहिनीलेपूजा गरेर आफ्ना दाजुभाइलाई धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिराजीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो मखमली र सयपत्री फूलको माला सप्तरङ्गी टीका लगाइदिएर चिरायुको कामना गर्छन् ।दाजुभाइलाई दिदीबहिनीले मिठाइ फलफूल ओखर कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले पनि दक्षिणा तथा उपहार दिने चलन छ ।
दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरु भने आज काठमाडौँको रानीपोखरीस्थित यमलेश्वर महादेवको मन्दिरमा पुगेर टीका लगाउने गर्छन् ।यमलेश्वर महादेवको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ ।