प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई पितृ शोक
काठमाडौ, कार्तिक १२,
प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं माओवादी केन्द्रीय सदस्य रामरिझन यादवलाई पितृ शोक परेको छ । उनका ७८ वर्षीय बाबु विश्वनाथ यादवको सिरहास्थित निवासमै निधन भएको छ ।
क्षयरोगबाट पीडित विश्वनाथको जन्डिसका कारण मृत्यु भएको हो । उनको धार्मिक परम्पराअनुसार शनिबार नै अन्त्येष्टि गरिने कार्यक्रम छ । यादवको निधनप्रति प्रधानमन्त्रीले शोक बब्तव्य प्रकाशित गर्दै हार्दिक समवेदना प्रकट गरेका छन् ।




