लमजुङको ताराचोक गाउँमा तिहारमा बिजुली उपहार
Thursday, 27 October 2011 Posted by कृष्णपक्ष थापा

लमजुङ, कार्तिक १०,

सधैँ टुकीको भरमा अध्याँरो काट्नु पर्ने ठाउँमा तिहारको बेलामा बिजुलीको उज्यालो पाउँदा कति खुसी आउला ? तिहारको खुसीयालीसँगै उत्तरी लमजुङको भुलभुले गाविसस्थित ताराचोक गाउँमा पहिलोपटक विजुली बलेको छ । तीन वर्ष देखि बाटोमा गाडिएका बिजुलीका पोल र तार हेरेर चित्त बुझाउन बाध्य स्थानीय वासिन्दा तिहारकै बेलामा घरघरमा बिजुली बलेपछि निकै खुसी भएका छन् ।

स्थानीय वासिन्दाको श्रमदान, विद्युत उपभोक्ता समिति, जिल्ला विकास समिति र भुलभुले गाविसको सहयोग लगायत गरि झण्डै २५ लाखको लगानीमा ताराचोकमा बिजुली बलेको हो । ताराचोक गाउँमा विजुली बलेपछि तिहारको समय स्थानीयवासिन्दाले झिलिमिलि बत्ती, रेडियो, टेलिभिजन तथा स्थानीय क्लबका लागि चाहिने विद्युतीय सामाग्रीहरु समेत खरिद गरेर गाउँ लगेका छन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates