समितिको निर्णय विपरित बस व्यवसायीद्वारा भाडा असुली गरेपछि विद्यार्थी मर्कामा
Monday, 31 October 2011 Posted by कृष्णपक्ष थापा

कार्तिक १४, हजुरको रेडियो,

अरनिको यातायात सेवा समितिको निर्णय विपरीत बस व्यवसायीहरुले भाडा असुली गरेपछि तिहारमा घर जाने र राजधानी फर्कने विद्यार्थीहरु मर्कामा परेका छन् । बसका कर्मचारीहरुले समितिको निर्णय भन्दै लक्ष्मी पूजाको दिनदेखि विद्यार्थी परिचयपत्रको छुट दिएका छैनन् । अरनिको यातायात सेवा समिति मार्फत काभ्रेपलाञ्चोकका ग्रामीण भेग, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी चार जिल्लामा जाने र आउने विद्यार्थीहरुले अहिलेसम्म पनि कतिपया बस स्टाफहरुले कार्डको छुट नपाएको गुनासो गरेका छन् ।

तिहारमा विद्यार्थीहरुलाई परिचयपत्रको छुट दिने निर्णय समितिले गरेको र छुट नदिने कर्मचारी र व्यवसायीहरुलाई कारबाही गरीने समितिका कार्यालय प्रमुख रामशरण खरेलले बताउनुभयो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates