रामजी बलामी सम्मानित
Sunday, 30 October 2011 Posted by कृष्णपक्ष थापा

काठमाडौं, कार्तिक १४,

नेपाल संवत ११३२ को अवसरमा टिस्टुङ्ग बज्रवाराही नेवा पुचःद्वारा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा पत्रकार रामजी बलामीलाई सम्मान गरिएको छ । स्थानिय क्षेत्रको विकास र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहांलाई कदरपत्र सहित सम्मान गरिएको हो । दामनपोष्ट साप्ताहिकका सह सम्पादक समेत रहेका बलामी विभिन्न दैनिक साप्ताहिक पत्रिका अनलाईन मिडिया लगायतका संचार क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

नेपाल भाषाका संरक्षक लक्ष्मण राजवशीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा टिस्टुङ्ग बज्रवाराहीमा विगत लामो समयदेखि कार्यरत बज्रवाराही गाविसका सचिव केदार बहादुर जोशी लगायत शिक्षक डाक्टर वकिल पत्रकार र अन्य विशिष्ट व्यक्तिहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो । सोही अवसरमा बोल्दै प्रमुख अतिथि राजवंशीले नेपाल संवत अव नेवारहरुको मात्रै नभएर सवैको साझा संवत भएकाले सवैले उत्तिकै महत्वकासाथ मनाउँनु पर्ने वताउँनु भयो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates