अर्थमन्त्री संग एडीवी भाईस प्रेसिडेन्टको भेट
Wednesday, 12 October 2011 Posted by कृष्णपक्ष थापा

काठमाडौं असोज २५,

वर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुनुअनन्तु संग एडीवीका भाईस प्रेसिडेन्ट झाओ (zhao) ले आज अर्थमन्त्रालयमा सिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री पुनले सरकारकॊ प्राथमिकता देशको आर्थिक समृद्धि गर्ने रहेको बताए । उनले जनतालाई विस्वास दिलाउँदै शुसासन मितव्ययिता लागु गर्ने र संविधान र शान्तिप्रकि्रयालाई सफलतामा टुङ्याउने कुरालाई सरकारले पहिलो प्राथमिकता दिएको जनाए ।

अर्थमन्त्री संग भेटका क्रममा झाओले नेपालले प्रत्येक बर्ष नियमित रुपमा पाउँदै आएको सहयोगका अतिरिक्त अमेरीकि डलर करिब एक सय मिलियन बराबरको थप सहयोग उपलब्ध गराउने जानकारी दिए । झाओ एडीवीका दक्षिण एसिया क्षेत्र हर्ने भाईस प्रेसिडेण्ट हुन् । नेपाल सरकार र एसियालि विकास बैंकको संयुक्त आयोजनामा दुईदिन सम्म हुने इनर्जि फोरममा भाग लिन उनि काठमाडौं आएका हुन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates